देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञा लागू गरिएका जिल्ला ५१ पुगे

देशान्तर

कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गएको छ । संक्रमण र मृत्यु दर ह्वात्तै बढेपछि देशभर त्रास फैलिएको छ ।

संक्रमणको अवस्था हेरेर देशका ४८ जिल्लामा निषेधाज्ञा गरिएको छ । आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो ।

महोत्तरीमा बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार सिराहा, बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । यो सँगै निषेधाज्ञा लागू गरिएका जिल्लाको संख्या ५१ पुग्नेछ ।

निषेधाज्ञा लगाउँदासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको छ । कैलालीमा ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

यस्तै सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्मका लागि थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने भएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।