देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगकाे फाइनलमा

देशान्तर

एजेन्सी : पेरिस सेन्ट जर्मेइन पीएसजीलाई समग्रमा ४–१ गोलअन्तरले पराजित गरी इंग्लिस क्लब म्यानचेस्टर सिटी आफ्नो इतिहासमा पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

यो ऐतिहासिक सफलता दिलाउन इथिहाड रंगशालामा गएराति भएको दोस्रो लेगमा रियाद मेहेरेजले २ गोल गरे । यसअघि अघिल्लो साता भएको पहिलोे लेगमा पनि सिटी २–१ ले विजयी भएको थियो ।

Image

खेलको ११ औं मिनेटमै मेहेरेजले सिटीलाई अग्रता दिलाएका थिए । गोलरक्षक एडर्सनले दिएको लामो पासको सदुपयोग गरी उनले गोल गरेका थिए । ६३ औं मिनेटमा अग्रता बढाउने क्रममा उनैले गोल गरे । यसपल्ट फिल फोडेनको पासलाई सदुपयोग गरे ।

सुपरस्टार युवा स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण बेन्च बस्नुपरेपछि पीएसजीलाई ठूलो झड्का लागेको थियो । उनीहरुले एम्बाप्पेको अनुपस्थितिका बाबजुद प्रयास गरे तर सफल भएनन् ।

६९ औं मिनेटमा एंगेल डी मारियाले रातो कार्ड पाएपछि पीएसजी झनै कमजोर भयो । त्यसपछि रक्षात्मक बन्न बाध्य भयो । उनले फर्नान्डिन्होलाई अनावश्यक फल गरेका थिए । पहिलो लेगमा इद्रिस गुये पनि यस्तै हर्कतका कारण रातो कार्ड पाएका थिए ।

Image

२९ मे मा टर्कीको इस्तानबुलमा हुने फाइनलमा सिटीले चेल्सी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । यो खेल आज राती हुनेछ । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा रियलसँग १–१ गोलको बराबरी खेलेको थियो ।