देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस पदाधिकारी बैठक केहीबेरमा बस्दै

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मतबारे कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका बारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज २ बजेपछि बस्ने बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ । कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तथा आफ्नै नेतृत्वमा सरकार बनाउने अग्रसरता लिइसकेको छ ।

प्रधानमन्त्री ओलीको विपक्षमा बहुमत निश्चित हुनासाथ अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेसको तयारी थियो । यद्यपि कांग्रेसले नयाँ सरकार गठनको औपचारिक कदम चाल्नुअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन बोलाएका छन् ।