देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलायो

देशान्तर

काठमाडौं –सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।

अष्ट्रेलियासँगको कुराकानीमा उनले मुख्यसचिव बैरागीले टेलिफोन गरी मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेको जानकारी आफूलाई गराएको बताए ।