देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिआइजी धानुकविरुद्ध कानुनी उपचार खोज्ने महिला सांसदहरुको तयारी

देशान्तर

काठमाडौँ – लुम्बिनी प्रदेशमा महिला सांसदमाथि नेपाल प्रहरीका डिआइजी रविन्द्र धानुकले हातपात गरेको भन्दै महिला सांसदहरुले त्यसको कानुनी उपचार खोज्ने बताएका छन्।

आइतबार मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदहरुले प्रहरीले आफूमामाथि हातपात गरेको आरोप लगाउँदै कानुनी उपचार खोज्ने बताएका हुन्। सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रदेश प्रमुखकै कार्यालय परिसरमा महिला सांसदमाथि धरपकड र प्रहरी दमन भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।

कांग्रेस सचेतक निर्मला क्षत्रीले सांसदमाथि हातपात गर्ने प्रहरीले नागिरकमाथि कस्तो दमन गरेका होला भन्दै घटनाविरुद्ध कानुनी उपचार खोज्ने बताइन।

प्रहरीसँग भएको झडपमा नेपाली कांग्रेसकी सचेतक क्षेत्री, लौटी थारु पुष्पा थरुनी, सुष्मा यादव, गीता थापा र पुर्मती ढेंगामगर र दिपेश थारुलगायत महिला सांसदमाथि डिआइजी धानुकको नेतृत्वमा आक्रमण भएको थियो। धानुकले महिला प्रहरी प्रयोग नगरी महिला सांसदलाई आफै धकेलपकेल गरेका थिए। उनीहरुले धानुकको शैलीको चर्को आलोचना गरेका हुन्।

नेकपा माओवादी केन्द्रकी सचेतक पार्वती पुन गहतराज, जसपाकी सचेतक पुर्मती ढेंगामगर र राजमो नेता तारा जिसीले संयुक्त विज्ञप्ति निकाली घटनाको भत्सर्ना गर्दै दोषीमाथि तत्काल छानबिन गरी कारबाहीको माग समेत गरेका छन्।