देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु

देशान्तर

बाँके– बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना सङ्क्रमणबाट खजुरा(७ की ३२ वर्षीया महिला, खजुरा(२ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज(१ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल ८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो राति ज्यान गएको हो ।

यस्तै बाँकेको कोहलपुर(१५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज(५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म १३६ जनाको ज्यान गइसकेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १२२ जनाको ज्यान गएको अस्पतालल‍े जनाएको छ ।