देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा थप १२ जनाको मृत्यु

देशान्तर

काठमाडौं – कोरोना संक्रमणबाट बाँके, धनगढी र मकवानपुरमा गरी थप १२ जनाको मृत्यु भएको छ। बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको आइतबार राति मृत्यु भएको हो।

नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको सोमबार बिहान करिब साढे ३ बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको करिब ४ बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको सोमबार बिहान करिब साढे ६ बजे मृत्यु भएको हो। यसैगरी, शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको मृत्यु भएको हो।

यसैबीच, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–१ का ३८ वर्षीय पुरुष र लम्कीचुहा–१० की ३५ वर्षीया महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–२ का ४३ वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।