देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही मुख्यमन्त्री पोखरेलकै पक्षमा

देशान्तर

बुटवल – लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेलकै पक्षमा उभिएका छन् ।

सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका श्रीवास्तव र शाही आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठनको पक्षमा उभिएका थिए ।

सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले शंकर पोखरेलको साथ छोडे तर सोमबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताए ।