देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि बैठक बोलाइएको हो’, सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने ।

पदाधिकारी बैठकमा १४औं महाधिवेशनको तयारीबारे पनि छलफल हुने भएको छ ।