देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शंकर पोखरेलले लिए मुख्यमन्त्रीको शपथ, चार मन्त्री नियुक्त्त

देशान्तर

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शंकर पोखरेलले शपथ लिएका छन् । पोखरेलका निजी सचिव तिरण गौतमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

कांग्रेस माओवादीलगायत विपक्षी दलहरुको अवरोधका बीच उनले शपथ लिएका हुन् । पोखरेलले शपथ लिएसँगै चार मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।

गौतमका अनुसार बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना, हरि रिजालले स्वास्थ्य, सन्तोष पाण्डेयले भौतिक पूर्वाधार विकास र विजयबहादुर यादवले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

https://www.facebook.com/tiran.chhettri/posts/6182390235120302