देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीको घटना संविधान उल्लंघन र बलमिच्याइँ : कांग्रेस

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएको राजनीतिक घटनाक्रमलाई संविधान उलंघन र बलमिच्याइँको संज्ञा दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याई र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछु ।’

देउवाले केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर भएको बताएका छन् । बलमिच्याइँले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारु गरेर संसदको बहुमत अनुसार नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न पनि उनले आग्रह गरेका छन् ।