काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र भारतसँगको हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सो निर्णय गरेको हो ।
देशभर कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले सोमबार मध्यरातिदेखि लागू हुनेगरी उडान बन्द गर्ने निर्णय गरेको हो । आन्तरिक र भारतसँगको दुवैतर्फको उडान सोमबारदेखि नै रोक लगाउने निर्णय सरकारले गरेको छ ।
केही दिनअघि मात्र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सीमा नाका बन्दको निर्णय गरेको थियो । भारतमा कोरोना संक्रमण बढेर उच्च बिन्दुमा पुगे पनि हवाई उडान निर्वाध रुपमा चलेको र आन्तरिक उडान पनि सञ्चालनमा राखेको भन्दै सरकारको आलोचना भइरहेको थियो ।
प्रतिक्रिया