देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

देशान्तर

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

१६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो। कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। यस्तै काेराेना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार तीन सय २५ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ । हाल ६७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। 

कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।