देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाका चार सांसदको रिट दर्ता गर्न सर्वोच्चद्वारा ‘अस्वीकार’

देशान्तर

काठमाडौं – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यको रिट दर्ता गर्न अस्वीकार गरेको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल आफूलाई गरिएको कारवाहीका विरुद्ध रिट दर्ता गर्न आइतबार सर्वोच्च अदालत पुगेका थिए ।

तर, सर्वोच्च अदालतले कोभिड–१९ का कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले चार सांसदको रिट दर्ता नभएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिएका छन् । ‘कोरोनाका कारण अरु सेवा स्थगित गर्ने निर्णयअनुसार उहाँहरुको रिट आज दर्ता भएन । पछि आउनुस् भनेर फिर्ता गरिएको छ’, पौडेलले भने ।