निषेधाज्ञा पालना गराउन भन्दै प्रहरीले काठमाडौंमा चेकिङ जारी राखेको छ ।
निषेधाज्ञाको अवधिमा पनि सवारी साधनहरु धेरै गुडेको पाइएकाले थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीले बताएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले कडाइ गरिएको बताए । ‘विभिन्न जिल्लामा र काठमाडौं उपत्यकाको हकमा मुख्य चोक तथा भित्री गल्लीहरुमा बेलाबेलामा चेकिङ गरीरहेको उनले बताए ।
अहिले प्रहरीले पत्रकार, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुको हकमा कडाइ गरेको छ । ‘अहिले थप कडाइ भनेको पत्रकारको हकमा र सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको हकमा हो,’ प्रवक्ता कुँवरले भने ।
काठमाडौं उपत्यकामा खटिएका पत्रकारहरुलाई सूचना विभागको परिचयपत्र अनुसार र उपत्यका बाहिरका जिल्लामा सम्बन्धित सञ्चार संस्थाको परिचयपत्रको आधारमा छुट दिइएको छ ।
प्रतिक्रिया