देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज दिउँसो ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

देशान्तर

काठमाडौँ – मन्त्रीपरिषद बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि क्याबिनेट बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, कोरोना भाइरसको बढ्दो संक्रमण र सावधानीका उपायहरु तथा उपचार व्यवस्थाबारे छलफल हुने बताइएको छ।

यस्तै बैठकमा संक्रमण नियन्त्रणको प्रयासका लागि आन्तरिक हवाई उडान बन्द गर्नका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० ले गरेको सुझावसहितको सिफारिसमाथि पनि छलफल हुनेछ।

सिसिएमसीको शुक्रबारको बैठकले संक्रमण नियन्त्रणका लागि आन्तरिक हवाई यातायात पनि बन्द गर्नु पर्ने सुझावसहितको सिफारिस गरेको थियो।