देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अफगानिस्तानबाट अमेरिकी सेनाको औपचारिक फिर्ता सुरु

देशान्तर

अमेरिकाले औपचारिक रूपमा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउन सुरू गरेको छ ।
राष्ट्रपति जो बाइडेनले केही हप्ता अघि सधैंका लागि युद्धको अन्त्य गरेको घोषणाअनुरूप आफ्ना सेना फिर्ता बोलाउन थालेको अमेरिकाले जनाएको छ ।

अमेरिकी सेना र उत्तर एटालान्टिक सन्धि संगठन (नाटो)को अफगानिस्तानमा करिब २० वर्षदेखि उपस्थिति रहेको छ ।

अमेरिकाले आफ्नो सेना फिर्ता बोलाएपनि तालिवानी लडाकूको पकड रहेसम्म अफगानिस्तानको भविष्य अन्धकारमै रहने दावी गरेको छ ।

आफ्ना सेना फिर्ता बोलाउन थालेसँगै तालिवानीको सम्भावित आक्रमण रोक्न अमेरिकी सेनाले अफगानिस्तानमा हवाइ गस्तीसमेत गरेको बताइएको छ ।

अफगानिस्तानका राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार हमदुल्लाह मोहिबले अमेरिकी सेनाको बर्हिगमनसँगै तालिवानी लडाकूले आक्रमण थाल्ने तयारी गरेपनि त्यसको प्रतिकारका लागि सरकारी सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

उनले २० वर्षपछि अमेरिकी सेनाको उपस्थिति शुन्य भएलगत्तै शान्ति सम्झौताको अभावमा ग्रामीण इलाकाहरूमा विद्रोहीले आफ्ना गतिविधि सक्रिय पार्ने सम्भावना रहेको पनि बताए ।
गत शुक्रबार राजधानी बगदादको दक्षिणमा रहेको पुल–ए–अलाम शहरमा कार बम बिस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको थियो ।

अफगान सरकारले अमेरिकी सेनाको बर्हिगमनपछि विद्रोहीलाई सरकारसँग बिना शर्त वार्तामा आउन आग्रह गरेको छ ।

यता तालिवानी लडाकूका प्रवक्ता जबीउल्लाह मुजाहिदले अमेरिकी सेनाको फिर्तिसँगै सार्वभौमिकता जोगाउन सरकारसँग थप संघर्ष गर्ने बताएका छन् । उनले अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने मे १ को पूर्वप्रतिवद्धताको सीमा समाप्त भएसँगै आफूहरुले अफगना सरकारको नीतिविरुद्ध थप संघर्ष गर्ने बताए ।
तर कुनै पनि निर्णय लिनुअघि उच्च नेतृत्वको निर्णयलाई आफ्ना लडाकूहरुले पालना गर्ने उनको भनाइ छ ।