देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीको एक अस्पतालमा अक्सिजन अभाव हुँदा ८ जनाको ज्यान गयो

देशान्तर

काठमाण्डौ – भारतको राजधानी नयाँ दिल्लीको बत्रा अस्पतालमा अक्सिजनको अभाव हुँदा ८ जना कोरोनाका बिरामीको ज्यान गएको छ । ज्यान गुमाउनेमा अस्पतालका ग्यास्ट्रोलोजी विभागका अध्यक्षसमेत रहेको बीबीसीले जनाएको छ ।

अस्पतालले बिहान जरुरी सूचना निकालेर जम्मा २ घण्टाको लागि मात्रै अक्सिजन मौज्दात रहेको जनाएको थियो । कतैबाट पनि अक्सिजनको जोहो गर्न नसक्दा ८ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।
यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले दिल्लीलाई कोटा अनुसारको अक्सिजन नदिएकाले बिरामीको ज्यान गएको भन्दै दुस्ख व्यक्त गरेका छन् ।