काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पिसिआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २८ हजार ८९३ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ४३ हजार २१३ पुगेको छ। आज देशभर एक हजार २८७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ८२ हजार ३८२ संक्रमित निको भइसकेका छन्।
देशभर ६७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २९८ पुगेको छ।
प्रतिक्रिया