देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

धनगढी – धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

टीकापुरकी संक्रमित महिला वैशाख ११ र भीमदत्तका वैशाख ५ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरु दुवैलाई कडा खालको निमोनिया थियो ।

त्यसैगरी, धनगढीस्थित नोभा अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का २८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनको अस्पतालमै मृत्यु भएको सूचना अधिकारी जोशीले बताए