देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महामारीको सामना गर्न अमेरिकाले नेपाललाई ८५ लाख डलर दिने

देशान्तर

काठमाडौँ – नेपाललाई कोरोना महामारी सामना गर्न अमेरिकाले थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ । नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग ९यूएसएड० मार्फत् सो सहयोग प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘यो थप सहयोगले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी रोगको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाप, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहमा थप कामहरु गर्नका लागि सहयोग पुग्ने दूतावासले जनाएको छ ।

नेपाल र यूएसएड मिलेर सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्नेछन् ।
सो सहयोगबाट कोभिड काउन्सिलिङ परामर्श, पोषण परामर्श, स्वास्थ्य सेवामा पहुँच, जटिल एचआईभी सेवा प्रदान लगायतका सेवा प्रदान गरिने बताइएको छ ।

कोरोना महामारीको शुरुवातदेखि नै नेपाललाई अमेरिकाले सहयोग गर्दै आएको जनाउँदै दूतावासले यो समस्यामा नेपाल सरकारसँग सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ ।