देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुल्मीमा थप दुई संक्रमितको मृत्यु

देशान्तर

गुल्मी – गुल्मीमा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ । कोभिड-१९ व्यवस्थापन केन्द्र गुल्मीका फोकल पर्सन गोपाल कार्कीका अनुसार रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुषको आज बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिका की ७६ वर्षीया महिलाको पनि भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कार्कीले बताए । यो सहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।