काठमाडौं – श्रमिकले पाउने न्यूनतम पारिश्रमिकमा वृद्धि भएको छ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ ।
यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियोे ।
श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गर्दै अब मासिक रुपमा काम गर्ने श्रमिकले मात्र नभएर दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केल अनुसारको न्यूनतम पारिश्रमिक पाउने बताए ।
प्रतिक्रिया