देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ कारबाहीमा

देशान्तर

काठमाडौं – बिदाको दिनमा निस्किएका सरकारी गाडीसहित निषेधाज्ञा उल्लंघन गर्ने एक हजार २३८ वटा सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ ।

निषेधाज्ञामा कडाइ गर्ने नीति अनुसार शनिबार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

प्रजिअ पराजुलीका अनुसार निषेधाज्ञाको समयमा समेत सडकमा सवारी साधनको चाप बढेपछि चेकचाँजमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको उनले बताए ।

प्रजिअ पराजुलीले भने, ‘आइतबारबाट निषेधाज्ञामा अझै कडाइ गर्दै लगिनेछ ।’

यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले उपत्यकाका विभिन्न स्थानमा निरीक्षणसमेत गरेको छ । निषेधाज्ञा पालना भए नभएको निरीक्षण गरिएको पराजुलीले बताए । यस्तै टोलीले वीर अस्पतालमा पुगेर कोरोना संक्रमितको उपचारको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।