काठमाडौं – नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा बांकेका विभिन्न अस्पतालमा उपचाररत बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना छन् ।
त्यस्तै, रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । उता कञ्चनपुरमा थप चार जना संक्रमितको मृत्यु भएको छ ।
महाकाली अस्पतालमा उपचाररत दुई जना, होम आइसोलेसनमा बसिरहेका एक जना र उपचार गर्न लैजाँदैगर्दा बाटोमा एक जनाको मृत्यु भएको छ । यस्तै ताप्लेजुङमा सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कैलालीमा पनि थप तिन जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । उता, कोरोना संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँचीमा पनि एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । सुर्खेतमा पनि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उता विरगञ्जमा एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया