देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से झन्डै २६ अङ्कले बढ्यो

देशान्तर

काठमाण्डौ – शेयर बजार काराेबार मापक नेप्से परिसूचक बिहीवार (आज) झन्डै २६ अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन परिसूचक २५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६ सय ११ दशमलव १० विन्दुमा पुगेकाे छ ।

बिहीवार होटल तथा पर्यटन र लगानी समूहबाहेक अरू समूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक एक सय ४२ दशमलव ८८ अङ्कले बढेको छ । बिहीवार चार अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरका ९८ लाख ५८ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेडको ३० करोड ९६ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट लिमिटेडको १८ करोड ७२ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बिहीवार महिला लघुवित्त वित्तिय संस्था र सिनर्जी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशले बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।