देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौसहित देशका पहाडी क्षेत्रमा असिना पानी

देशान्तर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ । केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको मौसमविद् अर्यालले बताए ।

प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । दिउँसोपछि खेतबारीमा सकेसम्म काम नगर्न मौसमविद्को सुझाव छ ।

भोलि र पर्सी पनि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताए । तराईका जिल्लाको मौसम भने आंशिक बदली भएको छ ।