काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको न्यूरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौँस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुने डा. भट्टराईको सचिवालयले जानकारी गराएको छ ।
बैशाख १७ गते हुने शल्यक्रियाका लागि डा. भट्टराई आजै अस्पताल भर्ना हुने बताइएको छ । यस अघि ट्युमरमा क्यान्सरको आशंका भएपछि भारतको दिल्लीमा परिक्षण गराएका डा. भट्टराईको ट्युमर क्यान्सर नभएको चिकित्सकहरुले बताएका थिए ।
यद्यपी शल्यक्रियाबाट ट्युमर छिटै फाल्नुपर्ने चिकित्सकहरुले बताएका थिए । चिकित्सकहरुको सलाल्ह बमोजिमनै डा. भट्टराईले वीर अस्पतालमा शल्यक्रिया गर्न लागेको उनको सचिवालयले बताएको छ ।
प्रतिक्रिया