देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञाको पुर्वसन्ध्यामा नेप्सेमा गिरावट

देशान्तर

काठमाडौ – निषेधाज्ञाको पुर्व सन्ध्यामा नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार भने सुचक तथा कारोवार रकम दुबै नै घटेकाछन । नेप्से आज १३ दसमलव ७९ अंकले घटेर २५ सय ८५ दसमलव २८ बिन्दुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव १६ अंकले घटेर चार सय ६५ दसमलव ११ बिन्दुमा झरेको छ ।

दुई सय १५ वटा कम्पनीहरुको ४६ हजार नौ सय ५९ पटकको कारोवारमा ८९ लाख ६५ हजार पाँच सय ८८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ९९ करोड चार लाख ३१ हजार दुई सय ८३६ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन । ति मध्ये ट्रेडिङ, उत्पादनमुलक र अन्य समुहको सुचकहरु बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव आठ अंकले घटेर १७ सय ६६ दसमलव ६१ बिन्दुमा झर्दा जलबिद्युत समुहको सुचक पनि १८ दसमलव ८९ अंकले घटेर दुई हजार चार सय ९५ दसमलव १३ बिन्दुमा झरेको छ । यसैगरी आज बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, सामुहिक लगानी कोष र लगानी समुहको सचुकहरु पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको महिला लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर नौ दसमलव ९९ प्रतिसतले बढेर २८ सय ४१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको पोखरा फाईनान्सको प्रतिकित्ता सेयर मुल्य छ दसमलव १५ प्रतिसतले घटेर दुई सय ९० रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनसीसी बैंकको प्रतिकित्ता तीन सय ४० रुपैयाँ अन्तिम मुल्यमा २८ करोड २८ लाख ८९ हजार नौ सय ५९ रुपैयाँको कारोवार भएको छ ।