बुटवल – बाँकेमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज-१७ की ३९ बर्षीया महिलाको भेरी अस्पतालमा गएराती उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
उनको गएराती साढे १० बजे मृत्यु भएको हो। त्यस्तै नेपालगन्ज १२ का ६५ बर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान साढे २ बजे मृत्यु भएको वलीले बताए । उनका अनुसार बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।
प्रतिक्रिया