काठमाडौँ – सरकारले बिहीबारबाट उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्यामा बृद्धि भएको छ ।
संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो थातथलो पुग्ने चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाभएर गाउँ फर्किन थालेका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका थिए।
महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए । सोमबार र मंगलबार भन्दा बुधबार संख्या बढ्न सक्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया