काठमाडौं – सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ । पछिल्लो समय भारतबाट ठूलो संख्यामा आएका भारतीय नागरिक नेपाल हुँदै खाडी मुलुक तथा साउदीमा उडिरहेका छन् ।
अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको जनाएको छ ।
विभागका निर्देशक झंकनाथ ढकालका अनुसार यो नियम १५ वैशाखबाट लागु हुने भएको छ । विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट विदेश जाने भने रोक लगाइएको छैन ।
प्रतिक्रिया