लजालु ती आँखाको सुस्त उठानले मार्ने
त्यो झरी अनि छातामुनिको रुझानले मार्ने
ऋरू जे लाए नि उस्तै–उस्तै नै देखिने रैछौं
कुर्ता–सलवार र सलको चाहिँ सहानले मार्ने
हाँसोमा हाँसो मिल्दा त खप्न खान पाइने
एकोहोरो आँखा–आँखाको म मछानले मार्ने
भेटेर गएसी झन् ग्रसित हुने छाती पनि
फेरि भेटुँ–भेटुँ लाग्ने उग्र कुटानले मार्ने
तिमी जाँदा तिमी सँगै जाँदो रैछ खुसी पनि
कसैले नदेख्ने यो शान्त लुटानले मार्ने
छाँद हाल्दा उड्ने बेला ‘मकालु’ निरास हुँदा
हुने नहुने भेट फेरि भक्कानिँदो छुटानले मार्ने
आन्ध्र महासागर नि खुसी छैन आजकल
किनारमा बस्छु सम्झनाको तुफानले मार्ने
(लेखक हाल अमेरिकाको केन्टकीमा बसोबास गर्छन् ।)
प्रतिक्रिया