देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द

देशान्तर

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने शान्ति, सुरक्षा र मुद्दाबाहेकका सेवा सोमवार (भोलि) देखि बन्द गर्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै मालपोत, यातायात लगायत भिडभाड हुने कार्यालयमा पनि आलोपालो गरी समय बढाएर कम भिड हुने गरी सेवा प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।