दाङ – दाङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका -१५ का ५७ वर्षीय पुरुषको आइतबार बिहान सवा ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए।
उनलाई यही बैशाख २ गते कोरोना पुष्टि भएको थियो। सोही दिनदेखि उनी आइसियु कक्षमा भर्ना भएका थिए। वलीका अनुसार उनलाई निमोनिया समेत देखिएको थियो।
प्रतिक्रिया