काठमाडौँ – नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीको निर्वाचन समितिमा पूर्व महान्यायाधिवक्ता महेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको बैठकले यादवलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गरेको हो ।
काँग्रेसको निर्वाचन समितीका संयोजक राधेश्याम अधिकारीले राजीनामा दिएपछि खाली रहेको थियो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको को १४औं महाधिवेशन तयारी बारे छलफल भएको बताइएको छ । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेपनि सार्थकता पाउन सकेको छैन ।
काँग्रेसले नेकपा माओवादी केन्द्र र जसपासँग छलफल अगाडी बढाएपनि नयाँ सरकार बनाउने बारे जसपामा एक मत नभएपछि निष्कर्षमा पुग्न सकेको छैन ।
प्रतिक्रिया