काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा १ बजे बैठक शुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ ।
यसअघि स्थायी कमिटी बैठक सोमबार बस्ने भनिएको थियो तर नेताहरुको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो । आजको बैठकले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।
प्रतिक्रिया