काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट श्रृंखलाअन्तर्गतको दोस्रो खेलमा आज नेदरल्याण्ड्स र मलेसिया भिड्दैछन् । ट्वान्टी ट्वान्टी श्रृंखलाको पहिलो खेलमा हिजो नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्डस् आज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
उता मलेसिया पनि विश्वकप क्रिकेटको अनुभव बटुलिसकेको नेदरल्यान्ड्स स्तब्ध बनाउने अभियानमा छ । तिन राष्ट्र सम्मिलित श्रृंखला दोहोरो राउण्ड रबिन लिगको आधारमा चलिरहेको छ । श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित निकाल्यो ।
१ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि सुरुवाती ब्याट्सम्यानहरु कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि १ सय १६ रनको किर्तीमानी साझेदारी गरे ।
अन्तराष्ट्रिय टि–ट्वान्टीमा डेब्यु गरेका भुर्तेलले ६२ रन बनाउादा शेख ५४ रनमा तथा कप्तान ज्ञानेन्द्र मल्ल १३ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो ।
प्रतिक्रिया