देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिसिएमसीको बैठक बस्दै, कोरोनाको स्थिति तथा नियन्त्रणका विषयमा छलफल हुने

देशान्तर

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिवार बस्दैछ । दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

यस्तै बैठकले विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ । आजको बैठकले पछिल्लो समय भयावह बन्दै गएको कोरोनाको स्थिति तथा नियन्त्रणमा गर्न सकिने प्रयासका विषयमा छलफल गर्ने छ ।