काठमाण्डौ – भारतमा पछिल्लो २४ घण्टा एक लाख ५० हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार आठ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कोरोनाका कारण आठ सय ३९ जनाको ज्यान गएको जनाएको छ ।
योसँगै भारतमा अब कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाखभन्दा धेरै भएको छ, त्यस्तै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेको छ ।
भारतमा कोरोना महामारीको पहिलो लहर देखिएको सङ्क्रमण दरभन्दा दोस्रो लहरको सङ्क्रमण दर धेरै चिन्ताजनक देखिएको छ ।
केही दिनयता भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ ।
प्रतिक्रिया