इन्डियन प्रिमियर लिग आइपीएल टी २० क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी शुरुवात गरेको छ ।
मुम्बईमा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई सात विकेटले हराएको हो ।
खेलमा टस जितेर पहिले व्याटिङ गरेको चेन्नईले सात विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो ।
उसका लागि सुरेश रैनाले ५४ रन जोडे । बलिङतर्फ दिल्लीका mत्रशि भोक्स र आवेश खानले २–२ विकेट लिए ।
जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ ओभर चार बलमा तीन विकेट गुमाएर विजय लक्ष्य पार ग¥यो ।
दिल्लीका लागि शिखर धवनले ८५ रन तथा पृथिवी शले ७२ रनको योगदान दिए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेत लिए ।
जितसँगै दिल्लीले नयाँ सिजनको आईपिएल क्रिकेटमा विजयी सुरुवात गर्दा चेन्नाइ भने निराश भएको छ ।
प्रतिक्रिया