देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ महानगर र सिसडोलबासीबीच ७ बुँदे सहमति

देशान्तर

काठमाडौँ – काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच ७ बुँदे सहमति भएको छ ।  ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयसहितबिच बुधबार, विहिबार र शुक्रबार भएको छलफलबाट ७ बुँदे सहमति भएको हो ।

सहमतिसँगै विभिन्न माग राखी एक सातादेखि अवरुद्ध फोहर व्यवस्थापन सुचारु हुने भएको छ । विभिन्न माग राखेर माग राखेर सिसडोलमा चैत १३ गतेदेखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । 

काठमाडौँ महानगरपालिका र सिसडोलबासीबीच ७ बुँदे सहमति : 

१) काठमाडौँ उपत्यकाको फोहोरमैलाको अन्तिम व्यवस्थापन गर्ने नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाको अति प्रभावित र प्रभावित क्षेत्रका विद्यालयहौर्मा शिक्षक अभाव का कारण शिक्षा व्यवस्थापनमा देखिएका जटिलतालाई तत्काल व्यवस्थापन गर्न आल आवश्यक भइ तत् स्थानीय तहबाट प्राप्त विवरणअनुसार ककनी गाउँपालिका अन्तर्गतका ४६ जना र धुन्बेसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करारमा नियुक्त गर्ने र शिक्षक नियुक्त भए पश्चात काठमाडौँ महानगरपालिकाले शिक्षक्को पारिश्रमिक वापतको रकम सरकारले तोकेबमोजिम उपलब्ध गराउने । करारमा नियुक्त भएका शिक्षकको स्थायी नियुक्त भएपछि महानगरले सो रकम दिन स्थगन गर्ने । थप शिक्षक् दरबन्दी र शिक्षक व्यवस्थापन सम्बन्धमा आपसी छलफल र सहकारी गर्ने ।

२) काठमाडौँ उपत्यकाको फोहोरमैलाको अन्तिम व्यवस्थापन गर्ने नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङको धुनुबेसी नगरपालिकाको अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना समबन्धमा बृहत्तर छलफल गरि आपसी छलफलबाट १० दिनभित्रमा निष्कर्षमा पुग्ने । यसकालागी ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबाट लिखित सुझाव प्राप्त गरि पुन: बैठक बस्ने ।

३) काठमाडौँ उपत्यकाको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापन गर्ने अन्तिम विसर्जन स्थल सीसडोल र कुंडूले बन्चरेडाँडोमा फोहोर विसर्जन शुरु गर्नु पूर्व बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा प्राप्ति गर्नुपर्ने जग्गाको विवरण, फोहोरिमैला व्यवस्थापनका कारण त्यस क्षेत्रमा पर्ने प्रभाव र नकारात्मक प्रभाव न्यूनीकरणक लागि अध्ययन गरी ९० दिनभित्र आवश्यक सुझाव सहितको सिफारिस प्रतिवेदन पेश गर्न विज्ञ समिति एक हप्ता भित्र गठन गर्ने काठमाडौँ उपत्यकाको फोहोरमैलाको अन्तिम व्यवस्थापन गर्ने समितिबाट प्राप्त प्रतिवेदन अनुसार कार्यान्यन गर्न गराउन पहल गर्ने ।

४) कुंडूले बन्चरेडाँडा ल्याण्डफिल साइट सुचारु बह्येपाची हालको सीसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजरको कार्य प्राविधिक सिफारिस बमोजिम काठमाडौँ महानगरपालिकाले तत्काल शुरु गर्ने ।

५) फोहोरमैला अति प्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनिबेसी नगरपालिका र ककनी गाउँपलिकालाई आव २०७८/७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौँ महानगरले एकमुष्ठ रु ३-३ करोड रकम विनियोजन गर्ने काठमाडौँ उपत्यकाको फोहोरमैलाको अन्तिम व्यवस्थापन गर्ने

६) फोहोरमैला प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरुको स्वास्थ्य सेवा सहजताको लागि सहयोग गर्ने क्रममा धुनिबेसी नगरपालिकालाई काठमाडौँ नगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरि उपलब्ध गराउने ।

७) केहि दिन अघिदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन भएको अवरोध हटाई आजैका मितिबाट फोहर व्यवस्थापनलाई सुचारु गर्ने ।