काठमाडौंः कीर्तिपुरमा पौडिखेल्न गएका दुई जना बालकको डुवेर मृत्यु भएको छ।
बिहिवार दिउँसो कीर्तिपुर नगरपालिका ६ टौदह नयाँ झोलुङ्गेपुल नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका १ खहरे बस्नेहरु ओखलढुङ्गा सिजिदेब गाउँपालिका ३ घर भएका ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका(१ घर भएका ८ वर्षीय क्रिस मगर रहेका छन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया