काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठक जारी छ ।
मध्यान्ह १२ बजेबाट कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायी समितिको बैठक सुरु भएको हो । पार्टीभित्रको विवाद, आफ्नो पक्षका चार नेताहरुमाथिको कारबाही र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने ती नेताले बताए।
‘प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेर अगाडि बढ्न थालेपछि अब कसरी जाने भन्ने विषयमा रणनीति बनाउन बैठक बसेको हो’, ती नेताले भने, वरिष्ठ नेता नेपालसहितका चार नेतामाथिको कारबाही र अब कसरी अगाडि बढ्ने भन्ने विषमा पनि बैठकमा छलफल हुन्छ।
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।
प्रतिक्रिया