काठमाडौं, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गराएको पुनरावलोकन निवेदनमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैले हेर्ने भएका छन् ।
एमाले–माओवादी साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निवेदन दायर गरेका छन् ।
उक्त निवेदनमा प्रधानन्यायाधीश जबरासिहत न्यायाधीश तेजबहादुर केसी तथ न्यायाधीश प्रकाश कुमार ढुंगानाको पूर्ण इजलास पेसी तोकिएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषि कट्टेलाई दिँदै केपी ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा साबिककै पार्टीमा फर्किन आदेश दिएको थियो ।
प्रतिक्रिया