काठमाडौं । होली खेल्ने क्रममा बागलुङकै बडिगाड गाउँपालिका १० दर्लिङमा भएको घटनाको नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको छ ।
आइतबार होली मेलामा जम्मा भएका युवाहरुको दुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।
कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस घटनालाई योजनाबद्ध भएको भन्दै दोषीलाई पक्राउ गरी अविलम्ब छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
घटनामा मृत्यु भएका कुँवर नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्यसमेत हुन् ।
प्रतिक्रिया