देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महजोडीलाई महामूर्खको उपाधि

देशान्तर

काठमाडौं – यसवर्षको महामूर्खको उपाधि चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई प्रदान गरिएको छ ।

रङ-अबिरको पर्व होलीको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अनतर्गत यस वर्षको महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)लाई प्रदान गरिएको हो ।

मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । आइतबार जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा महजोडीलाई उपाधि प्रदान गरिएको हो । यस वर्षको मूर्ख सिरोमणि उपाधि भने प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ का वडाध्यक्ष सुदर्शन सिंहलाई वैशाखनन्दन, जसपाका केन्द्रीय सदस्य राजीव झालाई वंश कुरहरि, डेली एक्सप्रेस दैनिक पत्रिकाका प्रकाशक शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खुपसुरती उपाधि दिइयो । मिनापले ०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरेको थियो ।