देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारमा सैन्य दमनको कांग्रेसद्धारा निन्दा

देशान्तर

काठमाडौँ – म्यानमारमा भइरहेको सैन्य दमनको नेपाली कांग्रेसले निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय म्यानमारमा भइरहेको सैनिक दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको बताएका हुन् ।

जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको र म्यानमारको पछिल्लो ‘कु’ लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई निरन्तर नियालीरहेको कांग्रेसका प्रवक्ता शर्माले जनाएका छन् ।

सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको उनले बताएका छन् ।