काठमाडौ । भारतको पन्जाबमा रुष्ट किसानले सत्ताधारी पार्टी भाजपाका एक सांसदलाई निर्वस्त्र पारेर कुटपिट गरेका छन्।
टाइम्स अफ इन्डियका अनुसार पन्जाबको अबोहरमा भाजपा विधायक अरुण नारंग सरकारदेखि क्रुद्ध बनेका किसानको शिकार बनेका हुन्।
केन्द्र सरकारको तीन कृषि कानुनबाट महिनौंयता आन्दोलित किसानले विधायक अरुणमाथि आक्रमण गरेका हुन्।
किसानले सबै कपडा च्यातेर अरुणमाथि मुक्का तथा लात्ता प्रहार गरेका थिए। प्रहरीले हस्तक्षेप गरी उनलाई त्यहाँबाट बाहिर निकालेका थिए। यस विषयमा संयुक्त किसान मोर्चाले प्रतिक्रिया जनाएको छ।
यसैबीच किसानहरुले आज आइतबार तीन विवादित कृषि कानुन जलाउने बताएका छन्
प्रतिक्रिया