काठमाडौं – चितवनमा यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा बाबु-छोरी र भतिजीको मृत्यु भएको छ । निधन हुने तीनैजना स्कुटरमा चढेकाहरु हुन् ।
भरतपुर महानगरपालिका-२२ पटिहानी पकौडी बजारमा सवा ६ बजेतिर दुर्घटना भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका भरतपुर-६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षीय मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको हो ।
ना ४० प ७०८२ नम्बरको स्कुटर मोहनले चलाएका थिए । स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको थियो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया